कञ्चनपुर प्रहरीद्वारा साढे ३ लाख बढीको अवैध सामान बरामद

कञ्चनपुर प्रहरीद्वारा साढे ३ लाख बढीको अवैध सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा झण्डै साढे तीन लाखको अवैध सामान बरामद गरिएको छ । जिल्लाको इलाका प्रहरी कार्यालय दोधारा, त्रिभुवन बस्ती, बेल्डाँडी र गुलरियाबाट खटिएको टोलीले ३ लाख ४५ हजार ४ सय मूल्य बराबरको अवैध सामान बरामद गरेको हो ।

भारतबाट भन्सार छली ल्याइएको मोटरसाइकल, साडी, सुट, पितललगायतका विभिन्न सामान बेवारिसे अवस्थामा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाएको प्रहरीले बताएको छ ।