वाग्मतीका १२ सांसदले गरे नेकपा (एकीकृत समाजवादी)मा सनाखत

धनगढी खबर    

वाग्मतीका १२ सांसदले गरे नेकपा (एकीकृत समाजवादी)मा सनाखत

नेकपा (एमाले)बाट निर्वाचित वाग्मती प्रदेशका १२ सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । प्रदेश निर्वाचन कार्यालय हेटौँडामा १२ जना सांसद सनाखतका लागि उपस्थित भएको प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले जानकारी दिए ।

उनका अनुसार राजेन्द्र पाण्डे, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल, वसुन्धरा हुमागाईं, वसन्त मानन्धर, रमा आलेमगर, कुसुम कार्की, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, मनु सिग्देल, माधव पौडेल र कृष्ण खनालको सनाखत भएको छ । अरू सदस्यहरूको भने भोलि सनाखत हुने उनको भनाइ छ ।

निर्वाचन आयोगले दल रोज्नका लागि स्थानीय तह र प्रदेशका जनप्रतिनिधिलाई यही भदौ २२ गतेसम्मको समय दिएको छ ।



मङ्गलबार १५, भदौ २०७८ ०३:५३ मा प्रकाशित

#एकीकृत समाजवादी #सनाखत

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस