श्रीलङ्कन एअरलाइन्सको पहिलो नेपाल उडान, एक सय ४९ यात्रु बोकेर फर्कियो

श्रीलङ्कन एअरलाइन्सको पहिलो नेपाल उडान, एक सय ४९ यात्रु बोकेर फर्कियो

श्रीलङ्काको राष्ट्रिय ध्वजावाहक श्रीलङ्कन एअरलाइन्सले आज मङ्गलवादेखि नेपाल उडान सुरु गरेको छ । बिहान एक सय ३४ जना यात्रु लिएर काठमाण्डौ आएको श्रीलङ्कन एअरलाइन्सको जहाज एक सय ४९ यात्रु बोकेर कोलम्बो फर्किएको छ । 

श्रीलङ्काबाट लुम्बिनीमा आउने बौद्ध धर्मावलम्बीलाई लक्षित गर्दै आजदेखि श्रीलङ्का–काठमाण्डौ सिधा उडान सुरु भएको हो । श्रीलङ्कन एअरले तत्काललाई हप्तामा दुई दिन मङ्गलवार र शनिवार कोलम्बो–काठमाण्डौ उडान भर्ने छ । त्यसपछि यात्रुको चापअनुसार उडान सङ्ख्या थप–घट गर्ने नेपालका लागि जनरल सेल्स एजेन्ट जीएसए जेनिथ ट्राभलका प्रमुख दीपक मैनालीले जानकारी दिनुभयो ।   

श्रीलङ्कन एअरलाइन्सले कोलम्बोलाई ट्रान्जिट बनाएर नेपालबाट साउदी अरेबिया, कतारको दोहा, माल्दिभ्स र दुबई उडान गर्दैछ । छिटै जापान र अस्ट्रेलिया पनि उडान गर्ने मैनालीले बताउनुभयो ।