रोनाल्डो र म्यानचेस्टर युनाइटेडबीच २ वर्षको सम्झौता

रोनाल्डो र म्यानचेस्टर युनाइटेडबीच २ वर्षको सम्झौता

पोर्चुगिच फरवार्ड क्रिस्टियानो रोनाल्डो र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबीच  २ वर्षको सम्झौता भएको छ । 

युनाइटेडले मंगलबार रोनाल्डोलाई २० मिलियन पाउन्डमा भित्र्याएको आधिकारिक जानकारी दिएको हो ।

रोनाल्डो १२ वर्षपछि ओल्ड ट्राफोर्ड फर्किएका हुन् । सन् २००३ मा पोर्चुगिच क्लब स्पोर्टिङ सिपीबाट युनाइटेड आएका रोनाल्डो सन् २००९ मा स्पेनिस क्लब रियल मड्रिड पुगेका थिए । 

सन् २०१८ मा रियलबाट इटालियन क्लब युभेन्टस पुगेका रोनाल्डो यही सिजन युनाइटेड फर्किएका हुन् । रोनाल्डो युनाइटेडमा अनुबन्ध हुनुभन्दा पहिला म्यानचेस्टर युनाइटेडमा जाने चर्चा थियो ।

रोनाल्डोले युनाइटेडका लागि २९२ खेलमा ११८ गोल गरेका थिए ।