कञ्चनपुरको शुक्लाफाँटामा एक घरमा आगलागी

कञ्चनपुरको शुक्लाफाँटामा एक घरमा आगलागी

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-१२ कालागौंडीका रामप्रसाद रानाको घरमा आगलागी भएको छ । मंगलबार राति भएको आगलागीमा करिब आठ लाख रूपैयाँ क्षति भएको पीडितले बताए ।

टुकीबाट आगो सल्किएर आगलागी भएको हो । आगलागीबाट घरको काठसहित अन्न, फर्निचर, लुगाकपडा‚ महत्वपूर्ण कागजपत्र, गहना सबै जलेर नष्ट भएको वडा अध्यक्ष बाले रानाले बताए। पीडित परिवार अहिले आफन्तको शरणमा बसेका छन् ।

‘टुकी बालेर घरपरिवारका सदस्य अन्यत्र गएका बेला टुकी पल्टिँदा आगलागी भएको जानकारी पाएका छौं’ वडाध्यक्ष रानाले भने, ‘घर पुरै जलेर क्षति भएको छ।’

आगलागी भएको जनाकारी पाउना साथ स्थानीय बासिन्दाले आगो निभाउने प्रयास गरे पनि नसकेको उनले बताए। नगरपालिकाको दमकल आगो निभेपछि मात्रै पुगेको स्थानीय बासिन्दाको भनाइ छ।