कैलालीमा साईकल यात्रीलाई बचाउँन खोज्दा विङ्गर दुर्घटना

कैलालीमा साईकल यात्रीलाई बचाउँन खोज्दा विङ्गर दुर्घटना

धनगढी । कैलालीमा साईकल यात्रीलाई बचाउँन खोज्दा विङ्गर दुर्घटना भएको छ । विङ्गर दुर्घटना हुँदा सात जना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ४ राजीपुरमा सु.प.प्र ००१०२ ज ३९९ नम्बरको विङ्गर दुर्घटना हुँदा सात जना घाइते भएका प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पूर्वबाट पश्चिम आउँदै गरेको उक्त विङ्गर साइकल यात्री कैलारी गाउँपालीकाकी सरस्वती चौधरीलाई बचाउने क्रममा दुर्घटना भएको हो ।

हाल घाइते साइकल यात्रीसहित सात जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।