बीसीसीआईले गर्यो आईपीएलमा टिम संख्या थप्ने निर्णय

बीसीसीआईले गर्यो आईपीएलमा टिम संख्या थप्ने निर्णय

भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सहभागी टिमको संख्या थप गर्ने निर्णय गरेको छ ।

बीसीसीआईले दुई टिम थप्दै १० टिम बनाउने निर्णय गरेको हो । यस क्रममा बीसीसीआईले दुई फ्रेन्चाईज टिमका लागि दरखास्त आह्वानसमेत गरेको छ । आईपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्दै आइरहेका छन् । तर, सन् २०२२ बाट १० टोलीले सहभागिता जनाउने छन् ।

कोरोना महामारीको कारण रोकिएको यस संस्करणको आईपीएलको बाँकी खेल सेप्टेम्बर १९ बाट सुरु हुनेछ । युएईमा आयोजना हुने आईपीएलको फाइनल खेल अक्टोबर १५ मा हुने बीसीसीआईले जनाएको छ ।

प्रतियोगितामा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा रहेको छ । दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ । यस्तै चेन्नई दोस्रो र बैंगलोर तेस्रो स्थानमा रहेको छ ।