भारत विरुद्धको मैत्रीपूर्ण खेल हेर्न दर्शकलाई प्रवेश अनुमति

भारत विरुद्धको मैत्रीपूर्ण खेल हेर्न दर्शकलाई प्रवेश अनुमति

भारत विरुद्धको मैत्रीपूर्ण खेल हेर्न दर्शकलाई प्रवेश अनुमति मिलेको छ । सरकारले पाँच हजार १०० दर्शकलाई रंगशाला प्रवेश अनुमति दिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार जानकारी गराएको हो । 

खेल हेर्न जाने दर्शकले पूर्ण रूपमा स्वास्थ्य मापदण्ड अपनाउनु पर्नेछ । मैदान प्रवेश गर्न कोरोना परीक्षण नेगेटिभ आएको वा कोभिडको पूर्ण खोप लगाएको प्रमाण पेश गर्नुपर्ने छ । 

एन्फाले अनलाइन माध्यमबाट टिकट खरिद गर्न सकिने र मूल्य साँझसम्म टुङ्गो लाग्ने बताएको छ ।

नेपालले भारतविरुद्ध दुई मैत्रीपूर्ण  खेल खेल्दैछ । पहिलो खेल बिहीबार (भोलि) दशरथ रंगशालामा साँझ साढे पाँच बजे हुनेछ ।