अछाममा मोटरसाईकल र जिप ठोक्किँदा २ जना घाइते

अछाममा मोटरसाईकल र जिप ठोक्किँदा २ जना घाइते

अछाम । अछाममा मोटरसाइकल र जिप ठोक्किँदा २ जना घाइते भएका छन् । मध्य पहाडी लोक मार्गमा पर्ने ठुलासैन बजार नजिकै बुधवार बिहान जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार २ जना घाइते भएका हुन् ।

मंगलसैनवाट कमलबजार जाँदै गरेको से १ ज ७८४ को जिप र विपरीत दिशाबाट आइरहेको भे ८ प २६०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार कमलबजार नगरपालिका वडा नम्बर ६ का २४ वर्षीय उमेश शाही दायाँ खुट्टामा चोट लागेको र सोही ठाउँका २७ वर्षका वीरेन्द्र शाहीको दुवै खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

घाइते दुवै जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ ।