एमाले छाड्दै वडाध्यक्ष पाठकले रोजे एकीकृत समाजवादी

एमाले छाड्दै वडाध्यक्ष पाठकले रोजे एकीकृत समाजवादी

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–५ का वडाध्यक्ष खेमराज पाठकले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

मंगलबार निर्वाचन कार्यालय, डडेल्धुरा पुगेर पाठकले एमाले छोड्दै समाजवादीको पक्षमा सनाखत गरेका हुन्।उनी एमालेमा छँदा जिल्ला कार्यालय सचिवको रूपमा पार्टीमा आवद्ध थिए। माओवादी केन्द्र र एमाले एकता भएपछि पाठकले सचिवालय सदस्यको जिम्मेवारी पाएका थिए।

एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा हुँदा दुई पटक संसद् विघटना गरेको र पार्टीलाई तहसनहस बनाउनमा उनको ठूलो भूमिका रहेकाले समाजवादी नै रोजेको वडाध्यक्ष पठाकले बताए।