आज पनि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुने धेरै

आज पनि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुने धेरै

आज बुधवार पनि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या बढी भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार ३० जना कोरोना सङ्क्रमणमुक्त भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज निको हुनेसहित अहिलेसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख १९ हजार तीन सय ३६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १४ हजार नौ सय ३५ जनाको नमुना परीक्षण गर्दा दुई हजार ५२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ४८ हजार दुई सय चार पुगेको छ । यही अवधिमा थप २० जनाले ज्यान गुमाएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार सात ७० पुगेको छ । 

नेपालमा अहिले ३४ हजार एक सय ८९ जना सक्रिय सङ्क्रमित रहेका छन् । यीमध्ये पाँच सय ६३ जनाको आईसीयूमा र एक सय ७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।