'राष्ट्र सेवक कर्मचारी बृक्षारोपण अभियान' कैलालीमा पनि सुरु, ४७५ बोटविरुवा रोपण !

'राष्ट्र सेवक कर्मचारी बृक्षारोपण अभियान' कैलालीमा पनि सुरु, ४७५ बोटविरुवा रोपण !

धनगढी । बुधबारदेखि सञ्चालन भएको “राष्ट्र सेवक कर्मचारी बृक्षारोपण अभियान” अन्तर्गत कैलालीमा ४७५ बोटविरुवाहरु बृक्षारोपण गरिएका छन । जिल्ला प्रहरी कार्यालय कैलालीको आयोजनामा धनगढी उपमहानगरपालिका वडा नम्बर ७ स्थित देवरिया सामुदायिक वनमा विभिन्न प्रजातिका बिरुवा रोपण गरी सो अभियान कैलालीमा पनि सुरुआत गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतको प्रहरी कार्यालयहरुले ४७५ बोटबिरुवाहरु बृक्षारोपण गरेको हुन । बृक्षारोपण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरिक्षक विश्व अधिकारी, प्रहरी नायव उपरिक्षक प्रतिक बिष्ट र धनगढी उपमहानगरपालिका-७ का वडाध्यक्ष सिताराम रानाको उपस्थितीमा बृक्षारोपण गरिएको हो ।

यस्तै देवरिया सामुदायिक वनका अध्यक्ष  भजन राना र स्थानिय भिम पडाल लगायत ४० जनाको प्रहरी टोलीले बिभिन्न प्रजातीका ३०० वटा बोटबिरुवाहरू बृक्षारोपण गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

May be an image of 2 people, people standing and outdoorsMay be an image of 2 people, people standing and outdoorsMay be an image of 1 person, standing, nature and treeMay be an image of 1 person, standing and outdoorsMay be an image of nature