डा. केसीको समर्थनमा धनगढीमा पनि प्रदर्शन

डा. केसीको समर्थनमा धनगढीमा पनि प्रदर्शन

धनगढी । दुई सातादेखि जुम्लामा अनसनरत डा. गोविन्द केसीको समर्थनमा आज  धनगढीमा पनि प्रदर्शन गरिएको छ । डा. केसीको जीवन रक्षाका लागि सरकारले ठोस कदम अगाडि नबढाएको भन्दै  धनगढीको एलएन चौकमा प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा नागरिक अगुवा, चिकित्सक, सर्वसाधारण लगायत विभिन्न पेशा व्यवसायमा आवद्ध ब्यक्ति सहभागी थिए ।

सहभागिहरुले नागरिक आवाज दवाउन पाईदैन, माफियामुखी चिकित्सा ऐन चाहिदैन लगायतका नारा सहितको व्यानर सहित प्रदर्शन गरेका हुन ।