कैलालीको सडकमा देखिए सेनाका बख्तरबन्द गाडी

कैलालीको सडकमा देखिए सेनाका बख्तरबन्द गाडी

धनगढी । बिहिबार नेपाली सेनाले आफ्ना बख्तरबन्द गाडीलाई कैलालीका सडकमा निकालेको छ । बिहान साढे १० बजेको समयमा सेनाले धनगढीका सडकमा हतियारसहितका बख्तरबन्द गाडी कुदाएको हो ।

नियमित अभ्यास अन्र्तगत ३ वटा गाडी गुडाइएको हो । यसअघि नेपाली सेनाले एक विज्ञप्ती जारी गर्दै काठमाण्डौको सीतापाइलामा तैनाथ गण तथा इटहरी, महोत्तरी, मकवानपुर, तनहुँ, बुटवल, नेपालगञ्ज र धनगढीमा तैनाथ गणले विभिन्न मितिमा अभ्यास गर्ने जनाएको थियो । सेनाले यसलाई नियमित अभ्यास भनेको छ।