प्रदेश नम्बर २ मा एकीकृत समाजवादीमा ११ जना सांसदले गरे सनाखत

प्रदेश नम्बर २ मा एकीकृत समाजवादीमा ११ जना सांसदले गरे सनाखत

नेकपा एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादीतर्फ लागेका प्रदेशसभा सदस्यहरूले आज निर्वाचन कार्यालय पुगेर सनाखत गरेका छन् । तत्कालीन एमालेका ११ जना सांसदले आज नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका हुन् । 

१३ मध्ये २ जना सांसद काठमाण्डौमा रहेकोले आज ११ जनाले सनाखत गरेको प्रदेशसभा सदस्य शत्रुधन महतोले जानकारी दिए । उनले बाँकी २ जना सांसदले अर्को दिन सनाखत गर्ने बताए ।

प्रदेश २ सभामा एमालेका २१ जना प्रदेशसभा सदस्य छन् । एमाले विभाजित हुँदा प्रदेशसभामा नेकपा एकीकृत समाजवादी मजबुत स्थितिमा छ । २१ मध्ये माधव पक्षमा १३ जना प्रदेशसभा सदस्य छन् । बाँकी ८ जना भने ओलीको पक्षमा छन् ।

आज सनाखत गर्नेहरूमा प्रदेशसभा सदस्य अशोककुमार यादव, गोविन्दबहादुर न्यौपाने, डिल्लीप्रसाद उप्रेती, नागेन्द्र राय यादव, प्रमोदकुमार यादव, मदनसेन श्रीवास्तव, मञ्जु यादव, रवीन्द्र बैठा, बेची लुंगेली, शत्रुधन महतो र हसिमा खातनु रहेका छन् । 

प्रदेशसभा सदस्य सीता गुरुङ र सुन्दरबहादुर विश्वकर्माले सम्भव भएसम्म आजै नभए अर्को दिन सनाखत गर्ने बताइएको छ ।