सुदूरपश्चिममा ४ लाख नागरिकले पाए कोरोना विरुद्धको पूर्ण खोप, कुन जिल्लामा कति ?

सुदूरपश्चिममा ४ लाख नागरिकले पाए कोरोना विरुद्धको पूर्ण खोप, कुन जिल्लामा कति ?

धनगढी । सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाउने नागरिकको संख्या ४ लाख नाघेको छ। सामाजिक विकास मन्त्रलायको तथ्यांकअनुसार ६ लाख  १ हजार १५ जनाले पहिलो मात्रा र ४ लाख १ हजार ३३ जनाले पूर्ण खोप लगाएका हुन् । 

मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीका अनुसार प्रदेशमा रहेका नौ जिल्लामध्ये सबैभन्दा बढी कैलालीका र सबैभन्दा कम बाजुराका  नागरिकले कोरोनाविरुद्धको खोप पाएका छन् ।

कैलालीका १ लाख ५५ हजार ५ सय १० जनाले पूर्णखोप पाएका हुन् भने बाजुराका ७ हजार २ सय १३ जनाले पूर्ण खोप लगाएका हुन् ।

नौं वटै जिल्लाको तथ्यांक हेर्नुहोस् : 

No photo description available.