दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनामा संलग्नमाथि कारबाहीका लागि कुटनीतिक पहल गर्न गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।
सहसचिव जनार्दन गौतम नेतृत्वको छानविन समितिले प्रतिवेदन बुझाएपछि गृहले अनुसन्धान गरेर दोषीमाथि कारबाही, परिवारलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउन कुटनीतिक पहल गर्न सिफारिस गरेको हो ।
गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले छानविन समितिले दिएको सुझाव अनुसारका विषयवस्तु समेटेर परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिएको बताए ।
छानविन समितिले ब्याँस गाउँपालिका–२ का धामी तुइनबाट खसेर महाकालीमा बेपत्ता भएको घटना भारतीय सीमा सशस्त्र बल (एसएसबी) को उपस्थितिमा भएको भनेको छ । वैदेशिक रोजगारीमा जान घरबाट निस्किएका धामी १५ साउनमा महाकाली नदीमा खसेका थिए ।