भारतविरुद्ध नेपालको शुरूआती ११ सार्वजनिक (सूचीसहित)

भारतविरुद्ध नेपालको शुरूआती ११ सार्वजनिक (सूचीसहित)

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारविरुद्ध केही बेरमा शुरू हुने खेलका लागि शुरूआती ११ सार्वजनिक गरेका छन् ।

साफ च्याम्पियनसिपको तयारी स्वरुप हुन लागेको यो खेल दशरथ रंगशालामा ५:३० बजे शुरू हुनेछ । प्रशिक्षक अब्दुल्लाहले कप्तान किरण चेम्जोङको नेतृत्वमा सार्वजनिक गरेको टोलीमा युवा खेलाडीको बाहुल्यता छ ।

नेपाली टोली
गोलकिपर : किरण चेम्जोङ (कप्तान)
रक्षक : अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, गौतम श्रेष्ठ 
मिडफिल्डर : पुजन उपरकोटी, तेज तामाङ, सुमन लामा 
फरवार्ड : नवयुग श्रेष्ठ, आयुष घलान, अञ्जन विष्ट