प्रहरी बनाइदिन्छु भन्दै ठगी गर्ने युवक धनगढीबाट पक्राउ

प्रहरी बनाइदिन्छु भन्दै ठगी गर्ने युवक धनगढीबाट पक्राउ

धनगढी । प्रहरी बनाइदिन्छु भन्दै ठगी गर्ने युवक धनगढीबाट पक्राउ परेका छन । पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिका–२ का २५ वर्षीय मनोजकुमार सिंह रहेका छन । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सिंहलाई धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चौराहबाट पक्राउ गरेको हो । 

हाल प्रहरी जवान पदको सम्पूर्ण परीक्षा समाप्त भएको अवस्थामा उनले प्रहरी बनाइदिन्छु भन्दै ठगी गरेका हुन । उनले ठगी गरेको भेटिएपछि पक्राउ गरिएको जिल्ला कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार उनले प्रहरी बनाइदिने भन्दै पीडितबाट ६० हजार रकम मागेको थिए।

साथै सिंहले रकम नदिए प्रहरीको छनोटबाट फेल गरिदिने भन्दै धम्की समेत दिने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका सिंहबाट प्रहरी बनाई दिने भनी पैसा माग गरी लिएको ६० हजारको चेक समेत बरामद गरिएको छ ।

भने उनकोे फोन चेकजाँच गर्दा पिडितलाई फोन गरी धम्काई पैसा तथा चेक नदिए प्रहरीको छनौटबाट फेल गरी दिने भन्ने धम्की र प्रलोभन दिई फोन गरेको रेकर्ड समेत बरामद गरिएको प्रहरी उपरीक्षक अधिकारी बताए । पक्राउ परेका सिंहमाथि ठगी शिर्षकमा मुद्धा दर्ता गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।