अन्जन विष्टको गोलमा नेपाललाई अग्रता

अन्जन विष्टको गोलमा नेपाललाई अग्रता

नेपाल र भारतविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले अग्रता लिएको छ । नेपालको घरेलु मैदान दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा अन्जन विष्टको गोलमा ३६ औं मिनेटमा नेपालले अग्रता लिएको हो ।

१३ औं संस्करणको साफ च्याम्पियनसिपको तयारी खेलको रूपमा नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

खेल मैत्रीपूर्ण भनिए पनि यी दुई छिमेकी राष्ट्रबीचको खेल जहिले पनि ‘हाई इन्टेन्सिटी’को रहने गरेको छ ।