नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आज नेपालको खेल गर्व गर्न लायक नभएको टिप्पणी गरेका छन् । म्याचपछि पत्रकारसँग कुरा गर्दै उनले नेपालभन्दा भारत बलियो देखिएको बताए ।
प्रशिक्षक अल्मुताइरीले भने, ‘यदि हामी साफ र एसियन कप छनोटमा राम्रो गर्न चाहन्छौं भने खेलस्तरमा सुधार गर्नुपर्छ ।’ सुरुवातदेखि नै नेपालले जितका लागि खेलेको तर, दोस्रो हाफको सुरुवाति १० मिनेटमा मात्रै हारेको उनको विश्लेषण छ । नेपाली फुटबल टिमका कप्तान नेपालले बराबर गोल खानुमा आफ्नो गलत नभएर भाग्यलाई दोष दिएका छन् । टिममा भएका सबै खेलाडीले दुई मैत्रीपूर्ण खेलमा मौका पाउने उनले बताए ।