कैलालीको गेटा मेडिकल कलेज सञ्चालन गर्न उच्चस्तरीय समिति गठन

कैलालीको गेटा मेडिकल कलेज सञ्चालन गर्न उच्चस्तरीय समिति गठन

कैलालीको गेटा मेडिकल कलेजमा चिकित्सा शिक्षा र अस्पताल संचालनका लागि स्वास्थ्य मन्त्रालयले उच्चस्तरीय समिति गठन गरेको छ । गेटा मेडिकल कलेजमा चिकित्सा शिक्षाको पढाई तथा अस्पताल सञ्चालान गर्न जनशक्ति तथा उपकरण व्यवस्थापन गर्न संघीय स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले डाक्टर चेतराज पन्तको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गरेका हुन्।  

गेटा मेडिकल कलेज पूर्वाधार विकास समितका अध्यक्षसमेत रहेका पन्त नेतृत्वको समितिमा स्वास्थ्य, शिक्षा तथा कानूनी क्षेत्रका विज्ञहरु छन्। १३ सदस्यीय समितिले सरकारले एक वर्षभित्रै गेटामा पहिलो चरणमा एक सय शैयाको अस्पताल सञ्चालन गर्न सक्ने गरि सुझाव दिने जनाए ।

मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान वा विश्वविद्यालय मध्ये कुन प्रारुपमा सञ्चालन गर्ने भनेर सरकारलाई समितिले सुझाव दिनेछ । समितिले गेटामा अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति तथा उपकरण व्यवस्थापनको काम गर्ने छ । यस्तै  कानून निर्माण गर्नसमेत सघाउने उच्चस्तरीय समितिका अध्यक्ष डाक्टर चेतराज पन्तले बताए ।