नेपालकी पलेशा टोकियो पारा ओलम्पिक पहिलो खेलमै पराजित

नेपालकी पलेशा टोकियो पारा ओलम्पिक पहिलो खेलमै पराजित

जापानमा भइरहेको टोकियो पारा ओलम्पिक २०२० मा नेपालबाट सहभागी एक मात्र खेलाडी तेक्वान्दोकी पलेशा गोबर्ध्दन पहिलो खेलमै पराजित भएकी छन् । शुक्रबार बिहान भएको पहिलो चरणको खेलमा उनी बेलायती खेलाडी बेथ मुनरोसँग पराजित भएकी हुन् ।
पदक आशा गरिएकी उनी सुरुमै बलियो प्रतिद्वन्दीसँग पर्दा पराजित भइन् ।

५८ केजी तौल समूह मुनिको खेलमा पलेशा बेथसँग २१-८ अन्तरले पराजित भइन् । पहिलो राउण्डमा पलेशा ६-२ र दोस्रो राउण्डमा ८-२ ले पछि परिन् । तेस्रो राउण्डमा केही सुधार गरेपनि ७-४ ले पछि परेपछि पलेशाले हार बेहोरिन् । पहिलो चरणमा हारेकी पलेशाले अब रिपेचका लागि प्रतिस्पर्धा गर्नेछिन् ।