साउदीको दुई कम्पनीले माग्यो ठूलो संख्यामा नेपाली कामदार, मासिक तलब कति ?

साउदीको दुई कम्पनीले माग्यो ठूलो संख्यामा नेपाली कामदार, मासिक तलब कति ?

साउदीले नेपाली कामदारको माग गरेको छ । साउदीको जेधाज सहरमा रहेको  saudi national est.co.ltd. कम्पनीले ट्रक ड्राइभरका लागि ४० जना पुरुष कामदारको माग गरेको हो । यस्तै  saudi archirodon ltd.  कम्पनीले लेबरका लागि १०० जना पुरुष गरी जम्मा १४० नेपाली पुरुष कामदारको माग गरेको छ । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् । कामदारले तलब खान बस्ने सहित ३१ हजार माथि देखि ५५ हजार माथि पाउनेछन् । इच्छुक कामदारले ए एस इनटरनेशनल ग्रुप प्रालीको कार्यालय सामाखुसी काठमाडौं र अल अयुनी ओभरसिज सर्भिस प्रालीको कार्यालय कोटेश्वरमा भदौ २५ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदारले बेहोर्नु पर्ने छ । त्यस्तै विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाइ टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।