कर्णालीका १० मध्ये पाँच जिल्लामा मात्र आज कांग्रेसको वडा अधिवेशन

कर्णालीका १० मध्ये पाँच जिल्लामा मात्र आज कांग्रेसको वडा अधिवेशन

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि कर्णालीका पाँच जिल्लाका तीन सय १८ वडामा आज शुक्रबार अधिवेशन हुँदैछ । कर्णालीका १० जिल्लामध्ये मुगु, जुम्ला, हुम्ला, दैलेख र जाजरकोटमा शुक्रबार अधिवेशन हुन लागेको हो ।

निर्वाचन कार्यतालिका अनुसार कर्णालीका १० जिल्लामध्ये सुर्खेत र डोल्पामा सदस्यता विवादका कारण अधिवशेन तोकिएको छैन । सल्यानमा २१,  कालीकोट २२  र रुकुमपश्चिममा २३ भदौमा वडा अधिवेशन हुने छ ।