एमसीसी उपाध्यक्षलाई बोलाएर राष्ट्रघाती सम्झौता अघि बढाउने षड्यन्त्र हुँदैछ : रावल

एमसीसी उपाध्यक्षलाई बोलाएर राष्ट्रघाती सम्झौता अघि बढाउने षड्यन्त्र हुँदैछ : रावल

एमाले उपाध्यक्ष भीम रावलले सरकारले एमसीसी सम्झौता अघि बढाउन षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत रावलले एमसीसी उपाध्यक्षलाई नेपाल बोलाएर सरकारले एमसीसी सम्झौता अघि बढाउन लागेको बताएका हुन् ।

देशलाई दीर्घकालीन असर पार्ने सम्झौता गर्ने जनादेश वर्तमान सरकारलाई प्राप्त नभएको उल्लेख गर्दै उनले लेखेका छन्,'नेपालमा द्वन्द्वपछि अस्थिर राजनीतिक स्थितिमा एमससी सम्झौताको चाँजो मिलाइयो । फेरि अहिले अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र हुँदैछ। सरकार जनअनुमोदित होइन।'

आगामी साता आउने एमसीसीकी उपाध्यक्ष फतेमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले सम्झौताका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग वार्ता गर्ने कार्यतालिका छ ।नेपाल सरकारले एमसीसीसँग सम्झौता गर्दाको समझदारीअनुसार संसद्बाट अनुमोदन गराउने/नगराउने विषयमै अल्झिँदा परियोजना कार्यान्वयन सुरु भएकै छैन