मनकामना केबलकार भदौ २० गतेदेखि सञ्चालनमा आउने

मनकामना केबलकार भदौ २० गतेदेखि सञ्चालनमा आउने

कोभिड–१९ को कारणले लामो समयदेखि बन्द भएको केबलकार भदौ २० गते आइतबारदेखि सञ्चालनमा आउने भएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन लागू गरे यता बन्द रहेको केवलकार तथा रेष्टुरेन्ट चार महिनापछि सञ्चालनमा आउन लागेको हो । 

सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी जिल्ला प्रशासन कार्यालय गोर्खाको निर्णय अनुसार मन्दिर खुल्ने भएपछि केवलकार सेवा खुला गरिएको सञ्चालक राजेशबाबु श्रेष्ठले जानकारी दिए । 

सञ्चालक श्रेष्ठले यात्रु स्वचालित स्यानिटाइजर र हरेक १५ मिनेटमा स्वास्थ्य सुरक्षा मापदण्डका उपाय अपनाउन अटोमेटिक अनाउन्समेन्ट र टिभिमा पनि स्लाइड देखाइनेलगायतका व्यवस्था गरिएको जानकारी दिए । उनका अनुसार यात्रुलाई माक्स अनिवार्य गरिएको छ भने परिवारबाहेकका सदस्यहरूका लागि एउटाकारमा ४ जना मात्रै राखिनेछ । सञ्चालक श्रेष्ठले सम्पूर्ण यात्रुहरूलाइ स्वास्थ सुरक्षाका नियमहरू अनिवार्य पालना गर्नसमेत आग्रह गरेका छन् ।