सेती अस्पतालमा भएको परिक्षणमा थप २४ जनामा कोरोना पुष्टि

सेती अस्पतालमा भएको परिक्षणमा थप २४ जनामा कोरोना पुष्टि

धनगढी । सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप २४ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १२२ नमूना परिक्षण गरिएकोमा २४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा ४ जना अस्पतालमा भर्ना भएका छन् ।  हाल सेतीमा १५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

जसमध्ये ४ जनाको आइसियु र ३ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जनाकारी दिए ।