नेपाली भूमिमा दाहसंस्कार गर्दा भारतीय सुरक्षाकर्मीको अवरोध

नेपाली भूमिमा दाहसंस्कार गर्दा भारतीय सुरक्षाकर्मीको अवरोध

कञ्चनपुर ।  भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपालीलाई दाहसंस्कारमा अवरोध गरेको छ। जिल्लाको भीमदत्त नगरपालिका–१० जिमुवाका लाल गिरीको दाहसंस्कारमा एसएसबीले गरेको हो ।

भीमदत्त–९ रिगौनास्थित अन्त्येष्टि स्थलमा दशनामी समुदायले वर्षौंदेखि दाहसंस्कार गर्दै आएका छन्। त्यस स्थानमा एसएसबीले अवरोध गरेपछि स्थानीय आक्रोशित भएका छन्।

वडा नम्बर ९ का वडा अध्यक्ष राना नाथले सतगत कार्यमा समेत भारतीय एसएसबीको अवरोध गरी निन्दनीय कार्य गरेको बताए । आफ्नै भूमिमा समेत सदगत गर्दा छिमेकी भारतीय पक्षबाट अवरोध गलत भएको उनले बताए ।