बागमती प्रदेशसभाकी सांसद नेपालले गरिन् नेकपा (एस) का पक्षमा सनाखत

बागमती प्रदेशसभाकी सांसद नेपालले गरिन् नेकपा (एस) का पक्षमा सनाखत

नेकपा एमालेबाट निर्वाचित बागमती प्रदेशसभा सदस्य मीना ज्ञवाली नेपालले नेकपा एकीकृत समाजवादीका पक्षमा शुक्रबार सनाखत गरेकी छन्।

समानुपातिकबाट सांसद चुनिएकी नेपालले हेटौंडास्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर समाजवादीका पक्षमा सनाखत गरेकी हुन्। यससँगै बागमती प्रदेशसभामा समाजवादीका सांसदहरुको संख्या १३ पुगेको छ।बागमतीमा एमालेका ५६ जना सांसद रहेकोमा अब १३ जना समाजवादीका पक्षमा र ४३ जना एमालेका पक्षमा छन्।