पहिचान दिलाउने लोगो लगाउदैनन प्रदेश ७ का सामाजिक विकाश मन्त्री सोडारी (फोटो फिचर)

पहिचान दिलाउने लोगो लगाउदैनन प्रदेश ७ का सामाजिक विकाश मन्त्री सोडारी (फोटो फिचर)

धनगढी : प्रदेशको लोगो लगाउनका लागि मात्रै लगाईदैन, त्यसले मन्त्रीदेखि प्रदेश सभा सदस्यको पहिचान दिन्छ ।  अर्थात लोगो मन्त्री र प्रदेश सासदलाई चिनाउने चिज हो । 

तर, प्रदेश ७ का सामाजिक विकाश मन्त्री दीर्घ बहादुर सोडारी भने एक सार्वजनिक कार्यक्रममा लोगो विनै उपस्थित भए ।

शनिवार प्रदेश ७ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले धनगढी विमानस्थलमा आयोजना गरेको विमानस्थलको स्तरोन्नति सम्बधि कार्यक्रममा सोडारीले प्रदेशको लोगो लगाएका थिएनन ।

तर, उनको दायातिर बसेका केन्द्र सरकार पर्यटन मन्त्री रविन्द्र अधिकारी र प्रदेश ७ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीले भने कोटमा लोगो लगाएका थिए । 

उनका दायातिर बसेका मन्त्रीले लोगो लगाएका बेला सोडारीले लोगो नलाएको देख्दा कार्यक्रममा उपस्थितले उनको कुरा काटन थालेका थिए ।
लोगो लाउने नलानउे विषयमा एक जना कानुन विदले भने भने, ‘लोगो भने पहिचानको कुरा हो । लोगो लगाएन भने मन्त्री हो कि सासद हो कि सवसाधारण हो के थाहा हुन्छ ? मन्त्रीको पहिचान र गरिमा राख्नका लागि पनि लोगो लगाउनु आवश्यक छ ।’

यसअघि सामाजिक विकाश मन्त्री सोडारीको मन्त्रालयमा उल्टो झण्डा लगाएको भनेर समेत आलोचना भएको थियो ।