माधव नेपालको क्षेत्र शंखरापुरका आठ जनप्रतिनिधिले रोजे नेकपा समाजवादी

माधव नेपालको क्षेत्र शंखरापुरका आठ जनप्रतिनिधिले रोजे नेकपा समाजवादी

शंखरापुर नगरपालिकाका आठ जना जनप्रतिनिधिले एमाले परित्याग गर्दै एकीकृत समाजवादी रोजेका छन्। शुक्रबार जिल्ला निर्वाचन कार्यालय पुगेर उपमेयर शुक्रलक्ष्मी श्रेष्ठसहितका एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।

काठमाडौँ जिल्ला निर्वाचन कार्यालयका अुनसार श्रेष्ठसहित वडा नम्बर ९ का वडाअध्यक्ष घनश्याम थापा, नगर कार्यपालिका सदस्यहरु तिलकुमारी दमाई, बुद्दी माया तामाङ, ज्ञानु पोखरेल, अनिल परियार र वडा नं २ का वडा सदस्य कृष्णबहादुर गुरुङ र शिवप्रसाद दंगालले समाजवादीको पक्षमा सखानत गरेका हुन्। 

एकीकृत समाजबादी शंखरापुरका सचिव अमृत दंगालका अनुसार २२ गतेसम्म अरु केही जनप्रतिनिधिले एमाले परित्याग गर्ने दाबी गरे। उनले भने, ‘आज पहिलो चरणमा हामीले आठजनाको सखानत गराऔँ। अन्तिम दिनसम्म अझै केही साथीहरुले समाजवादीको पक्षमा सनाखत गर्नुहुन्छ।’शंखरापुर एकीकृत समाजवादीका अध्यक्ष मावध नेपालको निर्वाचन क्षेत्रमा पर्छ।