धनगढीकी क्यान्सर पीडित विद्या खड्काको निधन

धनगढीकी क्यान्सर पीडित विद्या खड्काको निधन

धनगढी । धनगढी उप–महानगरपालिका वडा नम्वर ४ की क्यान्सर पिडित विद्या खड्काको निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पिडित खड्काको उपचारका क्रममा निधन भएको हो ।

खड्का फुटबल खेलाडी दिपेश (डेविड) खड्काकी पत्नी तथा फुटबल प्रशिक्षक लालवहादुर खड्काकी बुहारी हुन् । दुलर्भ क्यान्सरबाट पिडित विद्याकी एक छोरी रहेकी छिन् ।

उनको गोदावरी आर्यघाटमा भोली अन्त्यष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ । साढे दुई वर्ष अगाडि काठमाडौँमा उपचारका क्रममा खड्कालाई क्यान्सर पुष्टि भएको थियो।