'दार्चुलाका पहिरो पीडित परिवारको राहत र उद्धारमा प्रदेश सरकार गम्भीर छ'- मन्त्री जोशी

'दार्चुलाका पहिरो पीडित परिवारको राहत र उद्धारमा प्रदेश सरकार गम्भीर छ'- मन्त्री जोशी

धनगढी । सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले विपदमा परेका परिवारको उद्दार तथा राहतमा गम्भिर रहेको बताएकी छिन् । 

‘प्रदेशका नागरिकको रक्षा गर्नु, सहज जिवनयापन गराउनु हाम्रो प्राथमिकता हो’ शुक्रबार अनेरास्ववियू कैलालीले पहिरोका कारण दार्चुला क्षेत्रमा भएको क्षतिलाई लिएर ज्ञापनपत्र बुझाउँदा उनले भनिन –‘दार्चुलाको पहिरोमा परेका व्यक्तिहरुलाई सुरक्षित राख्न प्रदेश सरकार लागि रहेको छ ।

अहिले विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन भनी स्थानीय प्रशासनलाई निर्देशन दिइसकेका छौ ।’ उनले पहिरोमा परि ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले एक÷एक लाख रकम उपल्बध गराउने छ भने घाइतेहरुको निशूल्क उपचार गराइरहेको जानकारी दिइन् ।

उनले प्रदेश सरकारले दार्चुलामा खाद्यान्न लगायतका अन्य राहत उपलब्ध गराइरहेको बताइन् । पहिरोबाट विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन भन्दै अनेरास्ववियू कैलालीका अध्यक्ष किशोर शाहले मन्त्री जोशीलाई ज्ञापनपत्र बुझाएका हुन ।