कैलालीमा विङ्गरले अटोलाई ठक्कर दिँदा ३ जनाको मृत्यु, ४ घाईते

कैलालीमा विङ्गरले अटोलाई ठक्कर दिँदा ३ जनाको मृत्यु, ४ घाईते

धनगढी । गएराति कैलालीमा विङ्गर र अटो एकआपसमा ठोकिँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका ४ राजिपुरस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वतिर जाँदैं गरेको म १ ज ३१९ नम्बरको विङ्गर र पुर्व बाट पश्चिमतर्फ आउँदै गरेको से १ ह २५१० नम्बरको अटो एक आपसमा ठोकिँदा दुर्घटना भएको हो ।

दुर्घटना भएको भन्ने जानकारी प्राप्त हुना साथ तत्काल प्रहरी टोली उक्त स्थानमा खटिगई अटोमा सवार ७ जना घाईतेलाई तत्काल उपचारका लागी सेति प्रादेशिक अस्पताल धनगढी पठाएको मा उपचारका क्रममा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दुर्घटनामा परेर घोडाघोडी नगरपालिका-९ बस्ने युवराज चौधरी, भिगम चौधरी र सोही ठाउँ बस्ने जितेन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए । यस्तै घाइते चार जनाको धनगढीस्थित मेट्रो अस्पतालमा उपचार भईरहेको छ ।

घाईते हुनेहरुमा अटोमा सवार घोडाघोडी नगरपालिका-९ का दिपेन्द्र चौधरी, सुरेश चौधरी, असान्त चौधरी र सोही ठाउँका हरी चौधरी रहेको प्रहरी नायव उपरिक्षक विष्टले बताए । यस्तै विङ्गर सह-चालक कञ्चनपुरको बेदकोट नगरपालिका-१० का धनु रावल सामान्य उपचार पश्चात प्रहरीको नियन्त्रणमा रहेका छन ।

भने विङ्गर चालक फरार रहेका छन । उनको खोज तलास तथा थप अनुसन्धान कार्य जारी जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । विङ्गरमा चालक र सहचालक मात्र सवार रहेको बुझिएको छ ।