लाइसेन्सको ट्रायल भदौ २० देखि सुरु हुँदै

लाइसेन्सको ट्रायल भदौ २० देखि सुरु हुँदै

सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल यही भदौ २० गतेबाट सुरु हुने भएको छ। यातायात व्यवस्था विभागका अनुसार कोरोना महामारीका कारण रोकिएको लाइसेन्सको ट्रायल यही महिनाबाट सुरु गर्ने तयारी भएको हो ।

विभागले भदौ २० गतेदेखि लाइसेन्सको ट्रायल सुरु गर्न देशैभरीको यातायात कार्यालयमा पत्राचार समेत गरिसकेको छ ।

विभागले लाइसेन्सको आवेदन दिएका आवेदकको ट्रायल लिखित र ट्रायल परीक्षा सकेपछि मात्रै नयाँ आवेदन खुलाउने बताएको छ ।