मोटोपना बढ्यो ? यस्ता छन् तौल सन्तुलनका ७ टिप्स

मोटोपना बढ्यो ? यस्ता छन् तौल सन्तुलनका ७ टिप्स

हामीले अंगीकार गर्ने जीवनशैलीले तौल बढ्नु, घट्नु वा सन्तुलित हुनुमा ठूलो भूमिका निर्वाह गर्छ । यदि तौल बढेको छ भने स्वस्थ जीवनशैली अपनाई बिस्तारै मेन्टेन गर्दै लैजानुपर्छ । त्यसैले तौल घटाउनका लागि धैर्यको पनि आवश्यकता हुन्छ । यी हुन् तौल घटाउने टिप्स :

१. तौल घटाउनका लागि आफूले गरेको प्रयासप्रति विश्वास गर्नुपर्छ । सकारात्मक सोचले मात्र आफूलाई परिवर्तन गर्न सकिन्छ । तौल घटाउनका लागि कुनै मेसिन वा प्रविधिकै प्रयोग गर्नुपर्छ भन्ने पनि छैन । खराब जीवनशैलीलाई सुधार गर्दा मात्र पनि हुन्छ ।

२. जस्तो देखिने चाहना छ, त्यस्तै गरी कल्पना गर्नुपर्छ । र, त्यहीअनुरूपको नियमित व्यायाम गर्न आवश्यक हुन्छ । मोटोपन घटाउन खानामा विशेष ध्यान दिनुपर्छ । ब्रेकफास्टपछि प्रशस्त मात्रामा पानी पिउनुपर्छ । खाजाको रूपमा सुन्तलाको रस, दूध लिन सकिन्छ ।

३. एकपटकमा ठूलो परिमाणमा खाना खानु हुँदैन । थोरै–थोरै तर पटक–पटक खाँदा राम्रो हुन्छ । दक्षिण अफ्रिकामा भएको एक अध्ययनले देखाएको छ कि बिहान, दिउँसो, बेलुकी खानुको सट्टा दिनमा थोरैथोरै मात्रामा ५–६ पटक खानु राम्रो हुन्छ ।

यसरी खाँदा शरीरले ३० प्रतिशत कम क्यालोरी लिन्छ । ग्याप राखेर कम खाँदा शरीरले कम इन्सुलिन निकाल्छ, जसले ब्लडसुगरलाई पनि सन्तुलित गर्ने काम गर्छ ।

४. दैनिक आधा घन्टा मात्र हिँड्दा पनि तौल घटाउन सहयोग मिल्छ । यसरी हिँड्दा थप तौल बढ्ने समस्याबाट पनि टाढा रहन सकिन्छ ।

५. खानाका लागि प्रयोग गर्ने प्लेट सानो हुँदा राम्रो हुन्छ । विभिन्न अध्ययनअनुसार बढी भोक लागे पनि आँखाले धेरै खाना देखेमा तुलनात्मक रूपमा कम खाइन्छ । त्यसैले कम खानाका लागि सानो प्लेटको प्रयोग पनि महत्वपूर्ण हुन्छ ।

६. खानामा पानीको मात्रा पनि बढी हुनुहुँदैन । पेल्सिभेनिया स्टेट युनिभर्सिटीमा भएको एक अध्ययनले गोलभेँडा, लौकाजस्ता खाद्यपदार्थमा क्यालोरीको मात्रा कम हुन्छ । यस्ता खानाको प्रयोगले शरीरमा पानीको आवश्यकतालाई परिपूर्ति गर्छ ।

७. उठ्नेबित्तिकै खाली पेटमा मनतातो पानीको प्रयोग गर्दा राम्रो हुन्छ । त्यस्तै, पानीमा कागती र महको मिश्रण गराएर खाँदा पनि स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।