आगामी निर्वाचनपछि नेकपा एमालेको सरकार बन्ने अध्यक्ष ओलीको दाबी

आगामी निर्वाचनपछि नेकपा एमालेको सरकार बन्ने अध्यक्ष ओलीको दाबी

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनपछि नेकपा एमालेको सरकार बन्ने दाबी गर्नुभएको छ ।

राजधानीमा आज आयोजित काठमाडौँ महानगरपालिका स्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओलीले नेकपा एमाले कसैसँग गठबन्धन गरेर होइन कि, विकास र राष्ट्रियताको पक्षमा गरेका कामले एक्लै चुनावमा गएर पनि सरकार बनाउन सक्षम रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले चीन र नेपालबीच कुनै सीमा विवाद नरहेको दाबी गर्दै सरकारले हालै गठन गरेको समितिले चीनसँगको कुनै किसिमको सीमा विवाद देखाउन नसक्ने उल्लेख गर्नुभयो ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओलीले वर्तमान सरकारले राम्रा काम गर्न नसकिरहेको आरोप लगाउँदै आफ्नो नेतृत्वको सरकारले थुप्रै विकास निर्माणका कामहरू गरेको र त्यो कामहरू हरेक ठाउँबाट देखिनै रहेको बताउनुभयो ।