भरुवा बन्दुकसहित कैलालीमा एक युवक पक्राउ

भरुवा बन्दुकसहित कैलालीमा एक युवक पक्राउ

धनगढी । भरुवा बन्दुकसहित कैलालीमा एक युवक पक्राउ परेका छन । जिल्लाको गोदावरी नगरपालिका–१० दमैराका २३ वर्षीय प्रदेशी चौधरी एकनाले भरुवा बन्दुक सहित पक्राउ परेका हुन ।

शुक्रबार राति अस्थायी प्रहरी पोष्ट चौकीडाँडाबाट खटिएको प्रहरी टोलीले उनलाई बन्दुकलगायत साइकलको छर्रा ४५ थान, साइकलको धुरा काटी बनाएको गोली आठ थान, गुलेली एक थान, रेन्ची एक थान, फलामको धुलो, केप बनाउने साँचो, सलाई एकथान, रबर डोरी एकथान र बारुदसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।