‘माधव नेपालजस्तो लाजशरम पचेको मान्छे’ देखेको छैनः केपी शर्मा ओली

‘माधव नेपालजस्तो लाजशरम पचेको मान्छे’ देखेको छैनः केपी शर्मा ओली

नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई ‘लाजशरम पचेको मान्छे’ भनी टिप्पणी गरेका छन् । एमाले विभाजन गरी नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका अध्यक्ष नेपालजस्तो मान्छे आफूले कहिल्यै नदेखेको ओलीले औंल्याएका छन् ।

एमाले काठमाडौं महानगरपालिका कमिटीद्वारा शनिबार आयोजित महानगरस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओली नेपालविरुद्ध आक्रामक रूपमा प्रस्तुत भएका हुन् । ‘देश विकास अभियान चलाइरहेको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउने अनि क्रान्तिका कुरा गर्ने रु मैले यति साह्रो लाजशरम पचेको मान्छे, माधव नेपालजस्तो मान्छे जिन्दगीमा कहीँ पनि देखेको छैन,’ उनले भने, ‘नेपालमात्र होइन, दुनियाँको धेरै देशमा पुगें, माधव नेपालजस्तो शरम पचेको मान्छे देखेको छैन ।’ नेपालले आफू बसेको खाटमा आफैं बञ्चरो हानेको टिप्पणी गर्दै ओलीले थपे, ‘अस्तिसम्म जुन खाटमा बसिराखेका थिए, त्यही खाटमा बञ्चरोले हान्याहान्यैं छन् । अस्तिसम्म जुन पिर्का बसेका थिए, त्यही पिर्का भाँचेको भाच्यै छन् । अस्तिसम्म जुन मन्दिरमा पूजा गरेका थिए, त्यो मन्दिरमा थुक्याथुक्यै छन् ।’ उनले एमाले छोडेर अहिलेको सरकारमा जान तयारी गरिरहेकालाई ‘देउवाको भान्छामा दूध भात खान गएका बिरालाहरूको’ संज्ञा पनि दिए । ‘अहिले हाम्रो घरका बिरालाहरू शेरबहादुर देउवाको भान्सामा पुगेका छन्,’ ओलीले भने, ‘दूध र भात खान पाइन्छ भन्दै म्याउ गर्दै ढुक्नलाई पुगेका छन् ।’

मैले यति साह्रो लाजशरम पचेको मान्छे, माधव नेपालजस्तो मान्छे जिन्दगीमा कहीँ पनि देखेको छैन, ‘नेपालमात्र होइन, दुनियाँको धेरै देशमा पुगें, माधव नेपालजस्तो शरम पचेको मान्छे देखेको छैनः केपी शर्मा ओली

आगामी निर्वाचनमा पार्टीले जनप्रतिनिधि हुन लायकलाई मात्रै उम्मेदवार तोक्ने पनि उनले बताए । काठमाडौं महागरपालिकामा एमालेबाहेक ‘अरु मेयर भन्नै नसुहाउने’ उनले उल्लेख गरे । सक्षम नेतृत्व एमालेबाहेक अरू कसैको हुन नसक्ने दावी ओलीको छ । चीनसँग कुनै सीमा विवाद नभएको पनि ओलीले उल्लेख गरे । ‘चीनसँग कुनै सीमा विवाद छँदै छैन, कसलाई खुसी पार्न चीनसँग सीमा विवाद समाधान गर्न समिति बनाउनुप-यो,’ उनले भने, ‘मेरो चुनौती छ, यो समितिले कुनै ठाउँमा सीमा विवाद देखाओस्, सीमा विवाद छैन ।’ सरकारले भारत र चीनसँग सम्बन्ध तनावग्रस्त बनाउँदै लगेको पनि ओलीले आरोप लगाए । ‘भारतसँगको सम्बन्ध तनावग्रस्त बनाउँदै लगेको छ, चीनसँगको सम्बन्ध तनावग्रस्त बनाउँदै लगेको छ,’ उनले भने । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेस (एमसीसी) सम्झौताबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको धारणा मागसमेत उनले गरे । ‘एमसीसीबारे कोही बोल्दैनन्, के गर्ने हो भन्दैनन्, जनताका अगाडि यिनीहरूले सम्झौता गरेको एमसीसी अहिले के भन्छन् त भन्नु पर्दैन ? शेरबहादुर देउवाले भन्नु पर्दैन एमसीसी के गर्ने ? के गर्ने एसीसी ? उहाँहरू चुपचाप हुनुहुन्छ ।’