दार्चुलामा पनि विद्यालय खुल्ने

दार्चुलामा पनि विद्यालय खुल्ने

दार्चुला । कोरोनाका कारण लामो सयमदेखि बन्द रहेका विद्यालय खुल्ने भएका छन् । दार्चुलामा विद्यालय संचालन गर्न अनुमति दिइएको छ । आइतबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरी विद्यालय संचालन गर्न सकिने निर्णय गरेको हो ।

विद्यालय सञ्चालन गर्दा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउन भित्र रहेर सञ्चालन गर्न पाइने जनाइएको छ । त्यसको अनुगमनको जिम्मेवारी स्थानीय तहलाई दिएको छ । अब स्थानीय तहले कोरोनाको अवस्था हेरी विद्यालय संचालन गर्न सक्नेछन् ।

शैक्षिक गतिविधिलाई सहज बनाउन यस्तो निर्णय गरिएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए ।