नेकपा एकीकृत समाजवादी (एस) पार्टीले संगठन विस्तार गरेको छ । एसले तत्कालका लागि पार्टी संरचनाको काम अघि बढाउनका लागि प्रदेश इन्चार्ज तोकेको छ ।
अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको स्थायी कमिटीको बैठकले प्रदेश इन्चार्जहरु तोकेको हो । तर सुदूरपश्चिम प्रदेशमा भने इन्चार्ज तोकिएको छैन ।
एसले अन्तरपार्टी निर्देशीका जारी गर्दै सो कुरा जानकारी गराएको हो ।
कुन प्रदेशमा कसले पायो जिम्मेवारी ?
प्रदेश नं १ : घनेन्द्र बस्नेत
प्रदेश नं २ : धर्मप्रसाद साह
बागमती प्रदेश : मुकुन्द न्यौपाने
गण्डकी प्रदेश : केशवलाल श्रेष्ठ
लुम्बिनी प्रदेश : भागवत विश्रामी
त्यसैगरी एकीकृत समाजवादीले उपत्यका इन्चार्जमा विश्वनाथ प्याकुरेल र विशेष इन्चार्जको जिम्मेवारी विजय गुरुङलाई तोकिएको छ ।