सुदूरपश्चिम प्रदेशमा नेकपा (एस) रोज्ने सांसदको संख्या १३ पुग्यो (नामावलीसहित)

सुदूरपश्चिम प्रदेशमा नेकपा (एस) रोज्ने सांसदको संख्या १३ पुग्यो (नामावलीसहित)

धनगढी । नेकपा एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीमा सुदूरपश्चिम प्रदेशका १३ सांसदले सनाखत गरेका छन् । आइतबार थप तीन जना सांसदले नवगठित नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेसँगै एकीकृत समाजवादी रोज्ने प्रदेश सांसदको संख्या १३ पुगेको हो ।

आज प्रदेश सभासदस्य तथा पूर्व राज्यमन्त्री प्रकाश रावल, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी र तारालामा तामाङ्गले प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेर सनाखत गरेका हुन । यसअघि १० जना प्रदेश सांसदले नेकपा एमाले पार्टी छाड्दै नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोजेका थिए ।

नेकपा एमाले औपचारिक रुपमा विभाजित भएसँगै उनीहरुले माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टी रोका हुन । यसअघि गत मंगलबार आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गा कुमारी कामी, प्रदेश सांसद कुलविर चौधरी, अमरबहादुर साउद, बलबहदुर सोडारी र सुशिला बुढाथोकीले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए ।

आइतबार सनाखत पछि प्रतिक्रिया दिँदै सांसद तारालामा तामाङ्ले हेपिएका नेता कार्यकर्ताको संरक्षण गर्नको लागि पार्टी खोलिएको बताए । पछि फेरी पनि पार्टी एकता हुने सम्भावना रहेको उनको भनाई छ ।

गत निर्वाचनमा एमालेले २५ सिट जितेको थियो । ती मध्ये एकजना सभामुख छन उनले दल रोज्नु पर्ने कानुनी वाध्यता छैन । सरकारले हालै ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनसम्म विभाजनबाट बनेको दल रोज्न पाउने व्यवस्था राखिएको छ।