गोदावरी नगरपालिकाकी उपप्रमुखले गरिन् नेकपा (एस) को पक्षमा सनाखत

गोदावरी नगरपालिकाकी उपप्रमुखले गरिन् नेकपा (एस) को पक्षमा सनाखत

धनगढी । गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायत नेकपा समाजबादी रोजेकी छन् । उनले आज जिल्ला निर्बाचन कार्यालय धनगढी पुगेर समाजबादीको पक्षमा सनाखत गरेकी हुन । गोदावरी नगरपालिकामा एमालेबाट निर्बाचित जनप्रतिनिधी ३२ जना छन् ।

ति मध्य ५ जनाले समाजबादी रोजेका छन् । नगरपालिकाकी उपप्रमुख रत्ना कडायत , वडा नम्बर ५ का वडा अध्यक्ष कर्ण  बोहरा,  वडा सदस्य कमल सिं राना , वडा नं ६ का वडा सदस्य धन बहादुर खड्का , वडा नं ३ की सदस्य रामपत्ति चौधरीले समाजबादी रोजेका छन्  ।