बैतडी । नेकपा एमालेको बैतडीको समानान्तर कमिटी आईतवारबाट नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ । समानान्तर जिल्ला कमिटीको बैठक बसेर नेकपा एसमा आबद्ध हुने निर्णय गरिएको अध्यक्ष महादेव भट्टले जानकारी दिनु भयो।
आईतवार नेकपा एसका जिल्ला अध्यक्ष महादेव भट्टको नेतृत्वमा जिल्ला निर्वाचन कार्यालय पुगेर ३५ जना जनप्रतिनिधिहरूले एकीकृत समाजवादि रोजेकाछन । सनाखत गर्ने समयसिमा मगलवार सम्म रहेकाले अझै यो सख्या वढ्ने अध्यक्ष भट्टले वताए ।आजै अध्यक्ष भट्टले बैतडी पार्टी कार्यालय उदघाटन समेत गरेका छन् ।