विश्वकप छनोटमा इंग्ल्यान्डको शानदार जित

विश्वकप छनोटमा इंग्ल्यान्डको शानदार जित

फिफा विश्वकप छनोटमा इंग्ल्यान्डले एन्डोरालाई फराकिलो अन्तरले पराजित गरेको छ । आइतबार राति भएको युरोपियन छनोट खेलमा इंग्ल्यान्डले एन्डोरालाई ४-० गोलले पराजित गरेको हो । 

इंग्ल्यान्डको जितमा जेसे लिंगार्डले दुई गोल गरे । कप्तान ह्यारी केन र बुकायो साकाले एक गोल थपे । लगातार पाँचौं जित निकालेको इंग्ल्यान्डले १५ अंक जोडेको छ । इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहेको छ । एन्डोरा ५ खेलमा ३ अंक जोडेर पाँचौँ स्थानमा छ ।