धनगढी विमान स्थल हामी बनाउँछौँ, पर्यटनमा तपाई लगानी गनुहोस्ः मन्त्री अधिकारी

धनगढी विमान स्थल हामी बनाउँछौँ, पर्यटनमा तपाई लगानी गनुहोस्ः मन्त्री अधिकारी

धनगढीः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले धनगढी विमान स्थलको स्तर उन्नति गर्न गुरु योजना बनाउन लगाएको बताएका छन्। 

पर्यटन विकासबारे छलफल गर्न आज धनगढी पुगेका मन्त्री अधिकारीले धनगढी विमान स्थलको स्तरोन्नतीबारे छलफल गर्न आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै छ÷सात महिनामा गुरु योजना तयार हुने बताए।

उनले भने, ‘हामीले विमान स्थलको विकास र विस्तारका लागि गुरुयोजना बनाउँदै छौँ। गुरु योजना तयार भएपछि विमान स्थललाई आवश्यक पर्ने जग्गा रोक्का गर्न सहज हुन्छ। गुरु योजना विना कसरी काम हुन्छ?’

धनगढी विमान स्थलमा भीओआर÷डीएमई उपकरण जडानको लागि नयाँ जग्गा अधिग्रण गरेर ७० बिघा ८ कट्ठा जग्गा धनगढी विमान स्थलको नाममा छ। 

विमान स्थलको दीर्घकालीन विकासका लागि आवश्यक पर्ने जग्गा रोक्का गर्न गुरु योजना अनिवार्य रहेको उनले बताएका हुन्। 

अधिकांश समय धनगढी विमान स्थलको स्तर उन्नति गर्ने बारे खर्चेका उनले धनगढी विमान स्थलका बनाउने जिम्मा संघीय सरकारको भएको बताए। 

प्रदेश नम्बर ७ को पर्यटन विकासका लागि प्रदेश सरकारलाई लगानी गर्न आग्रह गर्दै उनले भने, ‘विमान स्थल संघीय सरकारले बनाऊ छ। प्रदेश सरकारले पर्यटन क्षेत्रमा लगानी गरोस्।’

उनले आफू आएपछि धनगढी विमान स्थलबाट रात्रिकालीन उडान सुरु भएको दाबी गरे। धनगढी विमान स्थलबाट बुद्ध एयरले मात्र रात्रिकालिन उडान गर्छ। बुद्ध एयरले भीओआर÷डीएमई उपकरण जडान गरेपछि चैत्रबाट रात्रिकालीन उडान सुरु गरेको हो।

हालसम्म धनगढी विमानस्थलमा बुद्ध बाहेक अरू एयरलाईन्सले भीओआर÷डीएमई उपकरण जडान गरेका छैनन्। भीओआर भनेको दिशा निर्देश गर्ने यन्त्र हो भने डीएमई जहाजदेखि विमानस्थल वा विमानस्थलदेखि जहाजसम्मको दुरी बताउने।

अन्तर्राष्ट्रिय विमान स्थलको विकास पछि संघीय सरकारले धनगढी विमान स्थलको विकास र विस्तारमा जोड दिइएको उनले बताए। यो विमान स्थललाई छिमेकी देशमा उडान भर्ने गरी विकास र विस्तार गर्ने गरी विकास गर्न लागेको उनले बताए। 

संघीय सरकाले धनगढीलाई केन्द्रको रुपमा विकाश गर्न चाहेको बताए। यस विषयमा प्रदेशको स्प्रीड अनुसार संघीय सरकारले काम गर्ने उनका भनाई छ।