त्रिविको दीक्षान्त समारोहका लागि आजदेखि अनलाइन आवेदन सुरु

त्रिविको दीक्षान्त समारोहका लागि आजदेखि अनलाइन आवेदन सुरु

त्रिभुवन विश्वविद्यालयले आजदेखि ४७औं दीक्षान्त समारोहका लागि अनलाइनमार्फत् आवेदन फारम संकलन सुरु गरेको छ । २०७७ असार १ गतेदेखि २०७८ जेठ मसान्तमसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुलाई दीक्षित गर्न अनलाइन फाराम भर्ने व्यवस्था मिलाइएको हो । यो अवधिमा ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुको संख्या करिब ३० हजार रहेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

यसअन्तर्गत सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एम।फिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरू र सोही अवधिभित्र विद्यावारिधि (पी।एच।डी) तह पुरा गर्नेहरूले मात्र भर्न पाउने छन् । अनलाइन फारम भरेकाहरुका लागि आगामी पुसभित्रै दीक्षान्त समारोह आयोजना गर्ने त्रिभुवन विश्वविद्यालयको तयारी छ । दीक्षान्त समारोहसम्बन्धी विस्तृत जानकारी परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमा हेर्न सकिने छ ।