बाबुरामले भने : एमसीसी पारित गरौँ

बाबुरामले भने : एमसीसी पारित गरौँ

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन र नेपाल सरकारबीच भएका सम्झौता एमसीसी कम्प्याक्ट पारित गर्नुपर्ने बताएका छन् ।एमसीसीको पक्ष र विपक्षमा बहस भइरहेका बेला पूर्वप्रधानमन्त्री भट्टराईले एमसीसी संसदबाट अनुमोदन गर्नुपर्ने बताएका हुन् ।

ट्वीटरमा एक पोस्ट लेख्दै उनले एमसीसी र बीआरईलाई अगाडि बढाउनुपर्ने बताएका हुन् । उनले एसीसीमा राष्ट्रिय सहमति गर्नुपर्नेसमेत बताएका छन् । सत्तारुढ गठबन्धनको एक महत्वपूर्ण घटक जसपाका नेताको यो भनाइले सरकारले आसन्न संसद अधिवेशनबाट एमसीसी पारितको तयारी गरेको संकेत देखिएको छ ।

उनले लेखेका छन्, ‘यसमा राष्ट्रिय सहमति गरौं : १ उच्चस्तरीय राजनीतिक/कुटनीतिक वार्तामार्फत भारतसँगका सबै विवाद हल गरी असल छिमेकी बनौं, २ चीनसँगका BRI पारवहन लगायत सम्झौता कार्यान्वयन गरौं, अमेरिकासँग चिठी आदानप्रदान सहितः MCC कार्यान्वयन गरौं । युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्नेछ भन्ने बुझौं !’