नेकपा (एस) को पक्षमा प्रदेश सांसद माया तामाङ बोहराले पनि गरिन् सनाखत

नेकपा (एस) को पक्षमा प्रदेश सांसद माया तामाङ बोहराले पनि गरिन् सनाखत

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा सांसद माया तामाङ बोहराले पनि सनाखत गरेकी छिन् । सोमबार प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेर प्रदेश सभासदस्य बोहराले नेकपा एकिकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेकी हुन । यो सँगै नेकपा एमाले परित्याग गर्ने १४ वटा सांसद पुगेका छन ।

हिजो मात्रै भौतिक पूवाधार विकास मन्त्री दिर्घ सोडारी सहित ३ जनाले नेकपा एसको पक्षमा सनाखत गरेका थिए । भने गत मंगलबार १० जना प्रदेश सभा सदस्यले नेकपा एकिकृत समाजवादी पार्टी रोजेका थिए ।

सरकारले हालै ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनसम्म विभाजनबाट बनेको दल रोज्न पाउने व्यवस्था राखिएको छ।